६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई उपाधि उचाल्ने मौका



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण अन्तर्गत आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक–एक खेल च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

२४ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइजलाई उपाधि जित्न अब मात्र एक अंकको आवश्यकता रहेको छ । अर्कोतर्फ २४ खेलमा २८ अंकसहित १२ औं स्थानमा रहेको थ्री स्टारलाई रेलिगेसनबाट बच्न आजको खेलमा जितको नतिजा महत्वपूर्ण रहेको छ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

सातदोबाटो २४ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने जावलाखेल २४ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै च्यासल मैदानमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ भने एपीएफ २४ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुँदैछ ।

आर्मी २४ खेलमा ३० अंक जोडेर आठौं स्थानमा रहँदा पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।