• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो

नागरिकता विधेयकसम्बन्धि सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध



जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै धनुषाको महेन्द्रनगरका स्थानीयबासि आन्दोलित भएका छन् ।

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । । उनीहरूले पूर्व पश्चिम राजमार्गमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहि दिन अगाडी मात्र थन्किएर बसेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

आइतबार जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता प्रधान सूचना जारी गरेको थियो । तर, सर्वोच्च अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दिएपछि नागरिकता वितरण रोकिएको छ ।

सोहि कुरालाई लिएर अहिले महेन्द्रनगरबासि आन्दोलित छन् । विद्यार्थी जनमत संघ र नागरिकता विहीनहरूले जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्रदर्शन गरिरहेका छन् ।