• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता ★   जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर ★   उपेन्द्र यादवले दिए राजीनामा ★   कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद ★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन ★   सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ ★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

नागरिकता विधेयकसम्बन्धि सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध



जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै धनुषाको महेन्द्रनगरका स्थानीयबासि आन्दोलित भएका छन् ।

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । । उनीहरूले पूर्व पश्चिम राजमार्गमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहि दिन अगाडी मात्र थन्किएर बसेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

आइतबार जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता प्रधान सूचना जारी गरेको थियो । तर, सर्वोच्च अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दिएपछि नागरिकता वितरण रोकिएको छ ।

सोहि कुरालाई लिएर अहिले महेन्द्रनगरबासि आन्दोलित छन् । विद्यार्थी जनमत संघ र नागरिकता विहीनहरूले जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्रदर्शन गरिरहेका छन् ।