२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ ।

आइतबार साँझ फ्लाई दुबईको विमानबाट काठमाडौँ आएका भारतीय नागरिकको साथबाट प्रहरीले सुन बरामद गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई भन्सार जाँचपास गर्दा अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित पक्राउ गरेको हो ।

लेपन गरिएको कपडा र सुनको तौल ५ केजी १ सय ग्राम मापन गरिएको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए । कपडा र सुन छुट्याएपछि मात्र यकिन तौल आउने बताईएको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको छ ।