२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल–२०२४ प्लेअफको आफ्नो आशा जीवित राखेको छ । टोलीले चालू सिजनको ६१ औं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

एमए चिदम्बरम रंगशालामा भर्खरै सम्पन्न खेलमा राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएर चेन्नईलाई १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा चेन्नईले ५ विकेट गुमाएर १० बल बाँकी छँदा लक्ष्य पुरा गर्यो ।

यो जितसँगै चेन्नर्य अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १३ खेलपछि १४ अंक छ । राजस्थानले भने प्लेअफको लागि फेरि अर्को खेलको नतिजा कुर्नुपरेको छ । टोली १२ खेलबाट १६ अंकका दोस्रो स्थानमा छ ।

चेन्नईलाई जित दिलाउन कप्तान रुतुराज गायकवाडले अविजित ४१ रनको योगदान दिए । यस्तै, रचिन रविन्द्रले २७, डेरील मिचेलले २२, शिवम दुवेले १८ तथा समिर रीजवीले १५ रन जोडे ।

बलिङतर्फ राजस्थानका रविचन्द्रन अश्विनले २ तथा युजवेन्द्र चहल र नान्द्रे बर्गरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन जोड्यो ।

उसका लागि रियान परागले सर्वाधिक अविजित ४७ रन बनाए भने ध्रुव जुरेलले २८, यशस्वी जैसवालले २४, जोस बटलरले २१ र सन्जु सामसनले १५ रन बनाए ।

बलिङतर्फ चेन्नईका सिमरजित सिंहले ३ तथा तुषार देशपाण्डेले २ विकेट लिए ।