• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित) ★   लगातार दोस्रो जितको खोजिमा नेपाल ★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते ★   इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान ★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान

बेन्जेमाले छाडे रियल मड्रिड



एजेन्सी । फ्रेञ्च फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । उनले क्लब छाड्न लागेको रियल म्याड्रिडले पुष्टि गरेको छ ।

‘फवार्ड र हाम्रा कप्तान करिम बेन्जेमा हाम्रो क्लबको लागि एक खेलाडीको रूपमा उनको शानदार र अविस्मरणीय अवधि समाप्त गर्न सहमत भएका छन् ।’ क्लबले भनेको छ ।

क्लबसँगको सम्झौता सकिएसँगै बेन्जेमाले यो सिजनको अन्त्यबाट क्लब छाड्न लागेका हुन् । योसँगै बेन्जेमाले आज राति ला लिगाअन्तर्गत एथ्लेटिक क्लबसँग रियलका लागि अन्तिम खेल खेल्नेछन् ।

जारी सिजनको लिगमा उनले रियलका लागि १८ गोल गरेका छन् । सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका बेन्जेमाले रियलबाट सबैखाले प्रतियोगितामा ६५७ खेलमा ३५३ गोल गरेका छन् ।

३५ वर्षीय बेन्जेमाले १४ वर्षको अन्तरालमा रियल मड्रिडबाट चार पटक ला लिगा जितेका छन् भने पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

उनी साउदी अरब जाने चर्चा छ । साउदी प्रो लिग क्लब अल–इतिहाडले उनलाई ३४५ मिलियन पाउण्डमा क्लबमा भित्राउन लागेको चर्चा छ ।