१० मंसिर २०८१, सोमबार
,
Latest
दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण



अ+ अ-

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।

देवघाट गाउँपालिका–४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी रु ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका–४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन रु ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो । सोही वडामा रहेको चक्रवर्ती आधारभूत विद्यालयको स्वामित्वको जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक गीता रानाभाटले भने विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन बनाइएको गुनासो गर्नुभएको छ ।

यसैगरी देवघाट गाउँपालिका–५ क्युँदीमा रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवनका निम्ति गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख प्रदान गरेको थियो । भवनमा दुई सय सीट क्षमताको सभाकक्ष पनि छ । रासस