५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिए क्रिकेटर ऋतुराज गायकवाड



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सलाई आईपीएल २०२३ को च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विस्फोटक ओपनर ऋतुराज गायकवाडले विवाह गरेका छन् ।

गायकवाडले शनिबार राति महाराष्ट्रका क्रिकेटर उत्कर्षा पवारसँग लगनगाँठो कसेका हुन् । ऋतुराज र उत्कर्षको विवाह महाबलेश्वरमा भएको थियो । यस वर्ष विवाह गर्ने ऋतुराज पाँचौं भारतीय क्रिकेटर हुन् । यसअघि शार्दुल ठाकुर, हार्दिक पाण्ड्या, अक्षर पटेल र केएल राहुलले पनि विवाह गरेका थिए ।

उत्कर्षा महाराष्ट्रका क्रिकेटर हुन् । उनले आफ्नो राज्यको लागि खेलेकी छन् । उनी दायाँ हाते अलराउन्डर हुन्, जसको अर्थ उत्कर्षाले ब्याटिङ र बलिङ दुवै गर्छिन् । उनले नोभेम्बर २०२१ मा सिनियर महिला ओडीआई ट्रफीमा पञ्जाबविरुद्ध आफ्नो अन्तिम खेल खेलेकी थिइन् । हाल उनी इन्स्टिच्युट अफ न्यूट्रिशन एण्ड फिटनेस साइन्स, पुणेमा अध्ययनरत छिन् । उत्कर्षाको जन्म १३ अक्टोबर १९९८ मा भएको थियो ।

ऋतुराजले बिहेका लागि टिम इन्डियाबाट बिदा लिएका छन् । उनी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल भारतीय टोलीको हिस्सा थिए । उनी स्ट्यान्ड बायको रूपमा चयन भए पनि आफ्नो नाम फिर्ता लिए । ऋतुराजको स्थानमा यशस्वी जैसवाललाई मौका दिइएको छ ।