९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै
file photo
अ अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिने भएका छन् । जिल्ला अदालत काठमाडौंमा अभियुक्तविरुद्धको थुनछेक बहस आइतबारबाट सुरु हुँदै छ । थुनछेक बहस कुनै हालतमा कमजोर बनाउने पक्षमा अभियुक्त छैनन् । उनीहरूले पूर्वमहान्यायाधिवक्तादेखि बारका पूर्वअध्यक्षसम्मलाई बहसमा उतारेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा टेकराज थामीले लेख्नुभएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदै छन् । त्यसबाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् ।

पूर्व महान्यायाधिवक्ता खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्ने जिम्मा मैले पाएको छु । बहसमा चाहने अधिवक्ता धेरै छन् । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ उनले भने ।

पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्षबाट बहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन् । टोलीमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ता छन् । पूर्वमहान्यायाधिक्ता बडालले सरकारी वकिल पक्षबाट सकिनासाथ रायमाझीको पक्षबाट बहस हुने जानकारी दिए । ‘रायमाझीको पक्षबाट म पनि बहसमा उत्रिँदै छु । टोलीमा अरू पनि अधिवक्ता सहभागी छन् । यसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन्,’ उनले भने ।

सचिव टेकनारायण पाण्डेको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । अर्का हाइफ्रोफाइल अभियुक्त डा। इन्द्रजित राईको पक्षबाट बहस गर्ने अधिवक्ताको टुंगो भने लागिसकेको छैन । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाक्तिवक्ता अच्युतमणि नेउपानेले गर्दै छन् ।