२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब अदाले ४० घण्टासम्म पानी पिउन पाईनन्



अ+ अ-

एजेन्सी । बलिउड फिल्म ‘द केरला स्टोरी’बाट चर्चामा आएकी अभिनेत्री अदा शर्माले सामाजिक सञ्जालमा केही तस्विर शेयर गरेकी छिन् ।

यी तस्बिरहरूमा अदाको अनुहार र शरीरका भागहरूमा चोटका निशानहरू देख्न सकिन्छ । अदाले यी तस्बिरहरूसँग कसरी उनले यस्तो खराब मौसममा आफ्नो सुटिङ पूरा गरेकी थिइन् भनेर लेखेकी छन् ।

अदाका अनुसार फिल्म माइनस १६ डिग्रीमा खिचिएको थियो । उनको ओठ सुकेको र फुटेको थियो । यसको कारण उनले ४० घण्टासम्म पानी पिउन पाएकी थिइनन् । तर, अदाले अहिले आफ्नो मेहनतलाई सार्थक ठान्छिन् ।

अदाले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘माइनस १६ डिग्रीमा ४० घण्टासम्म डिहाइड्रेसन हुनुको परिणामले मेरो ओठ फुटेको हो । भुइँमा खस्नका लागि गद्दाहरू राखिएको थियो, तर मैले प्रयोग गरिनँ । जसका कारण घुँडा र कुहिनाको बोक्रा निस्कियो । अन्तिम तस्विरमा तपाईले देख्न सक्नुहुन्छ कि मैले मेरो कपालमा मुट्ठीभर नरिवलको तेल लगाएको छु । यसबाहेक सेफ्टी पिन र टाइट ब्रेड बनाइएको छ ।’

फिल्मको एक दृश्यमा जब आईएसआईएसका मानिसहरूले उनको पीछा गर्छन् । उनी थकित भई भुइँमा लडिछन् । उनले त्यो दृश्यका लागि कुनै गद्दा प्रयोग गरिनन् । दृश्य वास्तविक देखाउन अदा भुइँमा लडेकी थिइन् ।

द केरला स्टोरी रिलिज भएको एक महिना बितिसक्दा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । आजको समयमा जहाँ फिल्महरू दुई वा तीन हप्तामा उत्रिन्छन्, द केरला स्टोरी भने राम्रो चलिरहेको छ ।

कम बजेट र साधारण स्टारकास्ट भएको यो फिल्मले अहिलेसम्म २३१.६६ करोड कमाइसकेको छ । शाहरुख खानको ‘पठान’पछि २०२३ को २०० करोडभन्दा बढी कलेक्सन गर्ने यो दोस्रो फिल्म हो ।