१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब अदाले ४० घण्टासम्म पानी पिउन पाईनन्



अ+ अ-

एजेन्सी । बलिउड फिल्म ‘द केरला स्टोरी’बाट चर्चामा आएकी अभिनेत्री अदा शर्माले सामाजिक सञ्जालमा केही तस्विर शेयर गरेकी छिन् ।

यी तस्बिरहरूमा अदाको अनुहार र शरीरका भागहरूमा चोटका निशानहरू देख्न सकिन्छ । अदाले यी तस्बिरहरूसँग कसरी उनले यस्तो खराब मौसममा आफ्नो सुटिङ पूरा गरेकी थिइन् भनेर लेखेकी छन् ।

अदाका अनुसार फिल्म माइनस १६ डिग्रीमा खिचिएको थियो । उनको ओठ सुकेको र फुटेको थियो । यसको कारण उनले ४० घण्टासम्म पानी पिउन पाएकी थिइनन् । तर, अदाले अहिले आफ्नो मेहनतलाई सार्थक ठान्छिन् ।

अदाले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘माइनस १६ डिग्रीमा ४० घण्टासम्म डिहाइड्रेसन हुनुको परिणामले मेरो ओठ फुटेको हो । भुइँमा खस्नका लागि गद्दाहरू राखिएको थियो, तर मैले प्रयोग गरिनँ । जसका कारण घुँडा र कुहिनाको बोक्रा निस्कियो । अन्तिम तस्विरमा तपाईले देख्न सक्नुहुन्छ कि मैले मेरो कपालमा मुट्ठीभर नरिवलको तेल लगाएको छु । यसबाहेक सेफ्टी पिन र टाइट ब्रेड बनाइएको छ ।’

फिल्मको एक दृश्यमा जब आईएसआईएसका मानिसहरूले उनको पीछा गर्छन् । उनी थकित भई भुइँमा लडिछन् । उनले त्यो दृश्यका लागि कुनै गद्दा प्रयोग गरिनन् । दृश्य वास्तविक देखाउन अदा भुइँमा लडेकी थिइन् ।

द केरला स्टोरी रिलिज भएको एक महिना बितिसक्दा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । आजको समयमा जहाँ फिल्महरू दुई वा तीन हप्तामा उत्रिन्छन्, द केरला स्टोरी भने राम्रो चलिरहेको छ ।

कम बजेट र साधारण स्टारकास्ट भएको यो फिल्मले अहिलेसम्म २३१.६६ करोड कमाइसकेको छ । शाहरुख खानको ‘पठान’पछि २०२३ को २०० करोडभन्दा बढी कलेक्सन गर्ने यो दोस्रो फिल्म हो ।