२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पिएसजी छाड्ने पक्का, शनिबार अन्तिम खेल खेल्दै



अ+ अ-

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भएको छ ।

३५ वर्षीय मेसीले यस सिजनको अन्त्यसँगै पिएसजी छाड्ने भएका हुन् ।

पिएसजीका मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियरले मेसीले क्लब छाड्ने पुष्टि गरेका छन् । प्रशिक्षक गाल्टियरले मेसीले पिएसजीका लागि शनिबार क्लेर्मन्टसँग अन्तिम खेल खेल्ने जनाएका छन् ।

‘मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने अवसर पाएको छु । पार्क डेस प्रिन्सेसमा यो उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उनले न्यानो स्वागत पाउनेछन् ।’ गाल्टियरले भनेका छन् ।

विश्वकप विजेता समेत रहेका मेसीको क्लबसँगको सम्झौता यसै समरमा सकिँदैछ । उनले २०२१ मा पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेसी पुनः आफ्नो पुरानो क्लब बार्सिलोना फर्कने चर्चा छ । मेसीले पिएसजीका लागि ७४ खेलमा ३२ गोल गरेका छन् ।