२९ आश्विन २०८१, मंगलवार
,
Latest
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरले तोक्यो चिनियाँ खोप लगाउन यी केन्द्र



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिनियाँ खोप लगाउनको लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको छ । छ । मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि महानगरपालिकाले ३२ वटा केन्द्र तोकेको हो ।

२९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । 

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

काठमाडौंका विभिन्न वडाका खोप केन्द्रको नाम
१. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र 

२. वडा कार्यालय, लाजिम्पाट

३. नन्दी रात्री स्कुल, नक्साल

४. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध 

५. वडा कार्यालय, हाँडीगाउँ

६. वडा कार्यालय, वालुवाटार

७. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी 

८. वडा कार्यालय, मित्रपार्क, चावहिल

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६.जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१७. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०.पब्लिक युथ क्याम्पस, धोवी चौर

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२४. इतुमबहाल, तारणीबहाल

२५.नव आदर्श विद्यालय, बसन्तपुर

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. इ. पि. यस. स्कूल, मीनभवन

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. वडा कार्यालय परिसर, पाल्पाकोट

३१.कार्यालय परिसर, सिटी मार्केट

३२.सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक