२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल

दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल
अ अ+ अ-

दोलखा । दुवै आँखा देख्न नसक्ने भएर पीडित बनेका कालिञ्चोक गाउँपालिका–६ धराम्थाली निवासी १० वर्षीय दीपक थामीले नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा गरेका छन् । 

दुवै आँखा रातमा मात्र अलि अलि देख्ने र दिनमा नदेख्ने हुँदा उनी अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका कारण उपचारका लागि सहयोग गरेर नयाँ जीवन दिलाई दिन बाबु डिल्ली थामीले अपिल गर्नुभएको छ । बुबा डिल्लीकुमार र आमा कल्पनाको कोखबाट जन्म लिएका दीपक सानो उमेरमा नै सधैँ अन्धकार दिनसँग लडिरहेको छन् । 

पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पतालमा जाँच गर्न पुग्दा चिकित्सकले दुवै आँखाको उपचारपछि मात्र देख्न सक्ने सल्लाह दिएको तर धेरै खर्च लाग्छ भनेपछि सहयोगको अपिल गरेको बताइएको छ । 

दुवै आँखा उपचारलाई रु आठ लाखसम्म आर्थिकको जोहो गर्न चिकित्सकले भनेको बाबु डिल्लीकुमारले बताउनुभयो । उहाँले छोराको उपचारका लागि सहयोग गर्न सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । दीपकको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं ०३६१४०००९०४ मा रकम जम्मा गर्न सकिने बताइएको छ । रासस