२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

भक्तपुर–धुलिखेल सडक विस्तार आयोजनाको प्रक्रिया थालिने

भक्तपुर–धुलिखेल सडक विस्तार आयोजनाको प्रक्रिया थालिने
अ अ+ अ-

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ । 
    
केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको शुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । “नयाँ आर्थिक वर्षको शुरुआतसँगै आयोजनाको प्रक्रिया थालिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सकेसम्म लगानीकर्ता खोजिनेछ, नभए सरकार आफैँले निर्माण गर्नेछ । 

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०सँग समेत छलफल भइरहेको नेपालले बताउनुभयो । सो सडक करीब १५ किलोमिटर लम्बाइको छ । सङ्घीय राजधानीबाट वाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट प्रदेश नं १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । विस्तारका क्रममा निर्माण हुनेछ, लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ । 

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे समेत छलफल भइरहेको जनाइएको छ । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । 

आयोजनाका लागि करीब रु सात अर्बको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार हाल आयोजनाको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको छ । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम हुन्छ, यसले सडक विस्तारमा अर्को फड्को मार्नेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आउँदो आर्थिक वर्षको बजेटमा समेत उक्त सडक विस्तार आयोजना सामवेश गरिएको छ । 

करीब दशकपहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारको अघिल्लो प्रक्रियामा पनि चासो देखाएको थियो । सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको काम गर्न नसक्ने जाइकाले जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैँ निर्माण गर्ने जनाउँदै आएको छ । 

सरकारले चालु आर्थिक वर्षमा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार शुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । समयसमयमा जाइकाले उक्त आयोजनामा चासो दिइएको बताइए पनि कोभिड–१९ का कारण एक वर्षदेखि कुनै निकायद्वारा प्रक्रिया थालिएको थिएन । 

डिभिजन सडक कार्यालय भक्तपुरले भने गत वर्षदेखि सडक निर्माणस्थल खाली गराउन रूख कटानलगायतको काम गर्दै आएको छ । सडक विस्तार सम्पन्न भए पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । 

जाइकाका अधिकारीका अनुसार त्यसबेला रु २३ अर्ब लागतको प्रस्ताव गरेको जनाइएको छ । उसले सडक विस्तारका क्रममा जग्गासमेत लिनुपर्दा रु ४२ अर्ब लाग्ने अनुमानसमेत गरेको जनाइएको छ । जाइकासँग उक्त सडकखण्ड विस्तारसँगै जडीबुटी अन्डरसापास वा प्लाई ओभारसमेत निर्माणको छलफल भएको थियो । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेलगत्तै जाइकाले सन् २०११ मै सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको जनाएको थियो ।