२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

स्वरोजगार बढाउन ‘कोसेली घर’ सञ्चालनको तयारी

स्वरोजगार बढाउन ‘कोसेली घर’ सञ्चालनको तयारी
अ अ+ अ-

टिस्टुङ । स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ । कोसेली घरका लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुने बित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगरप्रमुख लवशेर विष्टले बताउनुभयो ।

नगरपालिकाले नगरको स्थानीय सीप र उत्पादन प्रवद्र्धन गर्न आफ्नै पहलमा कोसेली घर निर्माण गरेको हो । वडा नं ४ नयाँगाउँमा निर्मित रुपचन्द्र विष्ट स्मृति भवनमा प्रदेश सरकार समेतको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजारमा उपलब्ध गराउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनुभयो । उहाँका अनुसार कोसेली घरमा नगरपालिकाका स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सेरामिक्स सामग्री, बाँसबाट बनेका सामग्री, क्रिष्टलका गहना, हातले बुनेका स्वेटर, झोलालगायत विभिन्न सामग्री, ‘गिफ्ट’का सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिनेछ । 

त्यसैगरी कोसेली घरमा नगरको परिचय झल्काउने मौलिक काष्ठकला, नेपाली कागजका हस्तकला, घरबुना कपडाका पुतली, खेलौना, टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिनेछन् । धातु तथा ढलौटका कलाकृति, चित्रकला, खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेली घरमा राखिनेछन् ।