३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक गाग्री पानी जोहो गर्दै बित्छ दिन



अ+ अ-

दुल्लु । दुल्लु नगरपालिका–१० राजाकांध गाउँकी ३० वर्षीया तीर्था नेपालीलाई एक गाग्री पानीको जाहो गर्न प्रत्येक दिन घण्टौँ समय बित्ने गर्दछ । बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन ।  

गाउँ नजिकका सबै कुवा सुके । गाउँभरिकै पानीको मुख्य स्रोत भएको थामिधारा मात्र छ । त्यही धारामा नहिंडी परिवारको पानी पिउने र प्यास मेटाउने सपना अधुरै रहन्छ । यो समस्या गाउँका करीब ३० घरपरिवारका लागि उस्तै छ । “गाउँमा चार वटा कुवा थिए, ती सबै जेठ नलाग्दै सुके । अहिले त्यहीँ एउटा थामिधारा छ एक गाग्री पानी भर्नमै हाम्रो तँछाडमजाड हुन्छ”, स्थानीयवासी गणेश थापाले गुनासो गर्नुभयो । 

निर्वाचनमा सबैले यो गाउँमा खानेपानी योजना ल्याउने भनेर भोट मागे तर कसैले पनि आफूहरुको यो समस्या कसैले नसुनेको गाउँलेको भनाइ छ । खानेपानीको चरम समस्या झेल्दै आएका यस गाउँका मानिसहरू अहिले त्यो एउटा धाराको भरमा रहेको स्थानीय बिनोद योगीले बताउनुभयो ।

पानीको समस्याले शौचालय सफा गर्न र शारीरिक सरसफाइ गर्न नपाउँदा झाडापखाला फैलिने चिन्ता उत्तिकै भएको उहाँको आशङ्का छ । सरसफाइ कमीका कारण कोरोना महामारी फैलिने सम्भावना बढी भएपनि यहाँका वासिन्दालाई खानेपानीकै जोहोले सताएको छ । 

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले यस गाउँमा छिटै खानेपानीको व्यवस्थापन गरिने बताउनुभयो । एक वर्षभित्र लिप्टिङ योजनाबाट खानेपानीको समस्या समाधान हुने उहाँको भनाइ छ ।