२९ आश्विन २०८१, मंगलवार
,
Latest
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

जुम्ला । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गर्नुभएको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाडौबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपत्को समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले सो फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन् । प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आइसियु र २४ एचडियु सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताउनुभयो । यसैगरी २० कोरोना सङ्क्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ ।