२९ आश्विन २०८१, मंगलवार
,
Latest
कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय नेपाली समाजको भाषा–साहित्य समितिमा डा पौडेल



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)अन्तर्गत भाषा तथा साहित्य समितिका अध्यक्षमा डा जानुका नेपाल  चयन हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्ससचिव डा तुलसीप्रसाद भट्टराईका प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले डा नेपालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।

समितिका वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा, महासचिवमा डा चैतन्य अधिकारी र कोषाध्यक्षमा रविना महर्जन रहनुभएको छ । सो अवसरमा साहित्यकार डा भट्टराईले जहाँ भए  रहे पनि आफ्नो पहिचान र स्रष्टाले सिर्जना प्रेम छाड्न नहुने बताउनुभयो । 

समितिका अध्यक्ष डा नेपालले नेपाली भाषा साहित्यका विकासमा काम गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा  समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेललगायतले नेपाली भाषा साहित्यका विविध आयामका बारे प्रकाश पार्नुभएको थियो ।