२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय नेपाली समाजको भाषा–साहित्य समितिमा डा पौडेल



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)अन्तर्गत भाषा तथा साहित्य समितिका अध्यक्षमा डा जानुका नेपाल  चयन हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्ससचिव डा तुलसीप्रसाद भट्टराईका प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले डा नेपालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।

समितिका वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा, महासचिवमा डा चैतन्य अधिकारी र कोषाध्यक्षमा रविना महर्जन रहनुभएको छ । सो अवसरमा साहित्यकार डा भट्टराईले जहाँ भए  रहे पनि आफ्नो पहिचान र स्रष्टाले सिर्जना प्रेम छाड्न नहुने बताउनुभयो । 

समितिका अध्यक्ष डा नेपालले नेपाली भाषा साहित्यका विकासमा काम गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा  समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेललगायतले नेपाली भाषा साहित्यका विविध आयामका बारे प्रकाश पार्नुभएको थियो ।