• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

आईपीएल फाइनलः वर्षाले खेल प्रभावित



एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल वर्षाले प्रभावित भएको छ । चार पटकको च्याम्पिय चेन्नई सुपर किंग्स र साविक विजेता गुजरात टाइटन्स उपाधिका लागि प्रतिस्पर्धामा छन् ।

टस हारेर पहिले ब्याटिङ थाल्दै गुजरातले चेन्नईसामु २१५ रनको लक्ष्य दिएको छ । २१५ रनको लक्ष्य पछ्याएको चेन्नईले पहिलो ओभरको तीन बल गर्दा नै खेल वर्षाले प्रभावित बनेको हो ।

यसअघि हिजो आइतबार वर्षा बाधक बनेर खेल हुन नसकेपछि आज रिजर्भ डेमा फाइनल खेलाइएको हो ।

गुजरातका लागि साई सुदर्शनले बिष्फोटक पारी खेले । उनले ४७ बलमा ९६ रन जोडे । उनको ब्याटबाट ६ छक्का र ८ चौका प्रहार भयो । यस्तै, ऋद्धिमान साहाले ३९ बलमा ५४, शुभमन गिलले २० बलमा ३९ रन जोड्दा हार्दिक पाण्ड्या १२ बलमा २१ रनमा अविजित रहे ।

चेन्नईका लागि बलिङतर्फ मथिशा पथिरानाले दुई तथा रविन्द्र जडेजा र दीपक चाहरले एक–एक विकेट लिए ।