८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 2.57

Humidity: 42

Latest
आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शुन्य जस्तै छः पर्यटनसचिव सिंह ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु काठमाडौंमा शिक्षकहरुको प्रदर्शन जारी हिमाली याक चौँरीपालन सङ्कटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पहिलो क्वालिफायर मे २१ मा खेलिनेछ । यसपछि एलिमिनेटर खेल २२ मेमा हुनेछ । यस सिजनको फाइनल खेल २६ मेमा हुनेछ । तर यसपटक प्लेअफको रोमाञ्चक कम हुन सक्छ ।

इंग्ल्याण्डका ८ खेलाडीले प्लेअफ खेल खेल्न पाउने छैनन् । यसले राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स सहित पाँच टोलीलाई स्तब्ध बनाउनेछ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले हालै यसबारे जानकारी दिएको छ ।

इंग्ल्याण्डले हालै टी–२० विश्वकप २०२४ को लागि टोली घोषणा गरेको छ । यो टोलीले पाकिस्तानसँग टी–२० सिरिज पनि खेल्नेछ । टी–२० विश्वकपअघि इङ्ल्यान्ड र पाकिस्तानबीच चार खेलको टी–२० सिरिज हुँदैछ ।

यो शृङ्खला मे २२ बाट सुरु हुनेछ । जसका कारण इंग्ल्याण्डका खेलाडीले आईपीएलको प्लेअफ खेल्न पाउने छैनन् । छनोट भएका खेलाडीले प्लेअफअघि नै फर्किनुपर्नेछ ।

यो सिजन राजस्थान रोयल्सका लागि जोस बटलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । बटलरले ९ खेलमा ३१९ रन बनाएका छन् । उनले २ शतक समेत बनाएका छन् । फिलिप साल्टले कोलकाता नाइट राइडर्सका लागि बलियो प्रदर्शन गरेका छन् । उनले ९ खेलमा ३९२ रन बनाएका छन् । पञ्जाब किंग्सका लागि जोनी बेयरस्टोले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर यी खेलाडीहरुले प्लेअफ खेल्न पाउने छैनन् ।

यी पाँच टोलीबाट बाहिरिनेछन् खेलाडी –
राजस्थान रोयल्स – जोस बटलर
चेन्नई सुपर किंग्स – मोइन अली
कोलकाता नाइट राइडर्स – फिल साल्ट
पञ्जाब किंग्स – साम करन, जोनी बेयरस्टो, लियाम लिभिङस्टोन
रोयल च्यालेन्जर्स बैंगलोर – विल ज्याक, रीस टोपले