२७ श्रावण २०८३, बुधबार
,
Latest
ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको ५१ औं खेलमा आज मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

एमआई अंक तालिकाको ९ औं स्थानमा छ । आज हार्यो भने आईपीएलबाट बाहिरिने छ । दुई टोलीबीचको यो सिजनको पहिलो खेल हो । मुम्बईले दुई टोलीबीचको लिग खेलमा अहिलेसम्म ७२ प्रतिशत जित निकालेको छ।

हेड टु हेड एमआई अगाडि

हेड टु हेडमा मुम्बई एकतर्फी अगाडि छ । अहिलेसम्म खेलेका ३२ खेलमध्ये मुम्बईले २३ खेल जितेको छ भने केकेआरले ९ खेलमा सफलता हात पारेको छ ।

कोलकाताले मुम्बई विरुद्धको अन्तिम पाँच खेलमध्ये तीन जितेको छ, तर वानखेडे स्टेडियममा भएको ११ भिडन्तमा दुई जित मात्रै दर्ता गरेको छ। दुई टोलीबीचको अन्तिम खेल सन् २०२३ मा भएको थियो, जसमा मुम्बई ५ विकेटले विजयी भएको थियो।

तिलक मुम्बईको सर्वाधिक रन स्कोरर

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले यो वर्ष राम्रो प्रदर्शन गर्न सकेन । ओपनिङमा इशान किशन र सूर्यकुमार यादवले लगातार राम्रो प्रदर्शन गर्न सकेनन् । युवा ब्याट्सम्यान तिलक वर्माले यो सिजनमा सर्वाधिक रन बनाएका छन् । हार्दिक पाण्ड्या र टिम डेभिड टिममा भए पनि मध्यक्रमको ब्याटिङ झनै कमजोर देखिन्छ । बलिङमा जसप्रित बुमराहले राम्रो गर्दै आएका छन् ।

केकेआरका लागि सुनिल नारायणको उत्कृष्ट प्रदर्शन

केकेआरका लागि सुनिल नारायणले एकतर्फी प्रदर्शन गरेका छन् । टोलीका लागि सबैभन्दा बढी विकेट लिनुका साथै उनले ओपनिङका क्रममा ३०० भन्दा बढी रन पनि बनाएका छन् । फिल साल्ट र सुनिल नारायणले टोलीलाई उत्कृष्ट सुरुवात गराएका छन् । तर, मध्यक्रममा ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान श्रेयस अय्यरले १३७।१५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । योसँगै वेंकटेश अय्यरले पनि ९ खेलमा १५४ रन मात्र बनाउन सके ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोरा, वरुण चक्रवर्ती र अनुकुल रोय।

इम्प्याक्ट प्लेयर: अङ्क्रिश रघुवंशी।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ​ ११:

हार्दिक पाण्डेय (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, मोहम्मद नाबी, जेराल्ड कोएट्जी, पियुष चावला र जसप्रित बुमराह।

इम्प्याक्ट प्लेयर: नुवान तुषारा।