२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

मन्त्री थापालाई निकाल्न माग गर्दै एमालेले गर्‍यो प्रदेश सभा अवरूद्ध

मन्त्री थापालाई निकाल्न माग गर्दै एमालेले गर्‍यो प्रदेश सभा अवरूद्ध
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक अवरूद्ध  गरेको छ । भौतिक पूर्वाधार मन्त्रीलाई संसद् बैठकबाट बाहिर निकाल्न माग गर्दै नेकपा एमालेका सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् । 

आजदेखि सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो वैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मर थापालाई प्रदेश सभाबाट बाहिर निकाल्न भनेका हुन्। थापामाथि सरकारी कागजात कीर्ते गरेको मुद्दा छ।

‘राजनीतिक अपराधी सम्मिलित रहेको यो सरकार हो, अदालतले करार पुष्टि भएका व्यक्ति झण्डा हल्लाउँदै यो सभामा प्रवेश गरेका छन्,’ कँडेलले भने, ‘कसलाई कहाँ बस्न पाइन्छ त्यसको निर्धारण गर्नुपर्छ, सजाय भोगिसकेको व्यक्ति कुनै पनि तहको सार्वजनिक पदमा बस्न नपाइने व्यवस्था छ।’ 

सवा २ बजेदेखि सुरु भएको बैठक आधा घण्टाका लागि अवरुद्ध भएको छ। एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि कर्णाली प्रदेश सभामा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा छ।

यसअघि नेकपा एकताका बेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सरकारमा गएको छ।