२९ आश्विन २०८१, मंगलवार
,
Latest
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री थापालाई निकाल्न माग गर्दै एमालेले गर्‍यो प्रदेश सभा अवरूद्ध



अ+ अ-

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक अवरूद्ध  गरेको छ । भौतिक पूर्वाधार मन्त्रीलाई संसद् बैठकबाट बाहिर निकाल्न माग गर्दै नेकपा एमालेका सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् । 

आजदेखि सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो वैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मर थापालाई प्रदेश सभाबाट बाहिर निकाल्न भनेका हुन्। थापामाथि सरकारी कागजात कीर्ते गरेको मुद्दा छ।

‘राजनीतिक अपराधी सम्मिलित रहेको यो सरकार हो, अदालतले करार पुष्टि भएका व्यक्ति झण्डा हल्लाउँदै यो सभामा प्रवेश गरेका छन्,’ कँडेलले भने, ‘कसलाई कहाँ बस्न पाइन्छ त्यसको निर्धारण गर्नुपर्छ, सजाय भोगिसकेको व्यक्ति कुनै पनि तहको सार्वजनिक पदमा बस्न नपाइने व्यवस्था छ।’ 

सवा २ बजेदेखि सुरु भएको बैठक आधा घण्टाका लागि अवरुद्ध भएको छ। एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि कर्णाली प्रदेश सभामा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा छ।

यसअघि नेकपा एकताका बेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सरकारमा गएको छ।