२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा
अ अ+ अ-

ग्वाटेमाला सिटी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुग्नु भएको छ । उहाँ ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्नु हुनेछ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लाग्नु भएको हो । उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गर्नु हुनेछ । साथै उहाँले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्नु हुनेछ । 

राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिनु भएको छ । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मङ्गलबार हुने बैठकमा खासगरी भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुनेछ । 

विशेषदूत रिकार्डो जुनिगाले मध्य अमेरिकी राष्ट्रहरुमा कूल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अमेरिकाले भ्रष्टाचार नियन्त्रणलाई सर्वाधिक महत्व दिइरहेको छ भन्नुभयो । 

उपराष्ट्रपति ह्यारिस आइतबार अबेर ग्वाटेमाला सिटी आइपुग्नु भएको थियो । उहाँलाई ग्वाटेमालाका विदेश मन्त्री पेड्रो ब्रोलोले स्वागत गर्नु भएको थियो ।

ह्यारिसले ग्वाटेमाला र मेक्सिकोबाट सीमा सुरक्षा र आर्थिक लगानीका क्षेत्रमा व्यापक सहयोगको प्रतिबद्धता चाहनु भएको छ । भ्रमणका क्रममा उहाँले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नु हुनेछ । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।

मध्य अमेरिकी राष्ट्रहरु होन्डुरस र एल साल्भाडोरबाट हुने मानव पलायनले पनि अमेरिकी सीमामा तनावको वातावरण सिर्जना गर्ने गरेको छ ।