२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार ४ हजार धेरैमा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ । 

यस्तै सोमबार ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ । 

अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् ।