४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलमा फेरि फर्किन थाल्यो ‘हल्कारा’



अ+ अ-

काठमाडौँ । प्रदर्शनमा आउनुपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा अवार्डहरु हात परेको नेपाली चलचित्र ‘हल्कारा’ गत वैशाख २९ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आएको थियो ।

हलमा शो बाँडफाडमा पछि परेको हल्कारा लगभग धेरै हलहरुबाट उत्रि नै सकेको थियो । काठमाडौँको सुन्धारामा रहेको सिडिसि सिनेमामा भने एक शो प्रदर्शन हुँदै आएको थियो ।

गत शनिवार भने यहाँ दुई शो प्रदर्शन भएको थियो । जसमा दर्शकको उत्साहजनक उपस्थित रहेको थियो । समिक्षकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको उक्त सिनेमाले प्रदर्शन भएको तेस्रो हप्ता देखि फेरि केहि हलहरुमा थप शोहरु पाउन थालेको छ । विश्वज्योति हलमा पनि हल्काराको प्रदर्शन थालिएको छ ।

हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विक्रम सापकोटाको निर्देशन रहेको छ । महेशका अलावा विनिता थापामगर, पशुपति राई, स्वर्गीय दिपक क्षेत्री, प्रकाश दाहाल लगाएतको अभिनय रहेको छ ।

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।