२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट विद्यालय भवन शिलान्यास



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गर्नुभएको हो ।
 
दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार बढीमा एक वर्षभित्रमा दुवै विद्यालयमा भवन निर्माण गरिसक्नुपर्नेछ ।
 
यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । क्यापसको भवन बनाउन सङ्घीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो । 

उहाँले दमकका अन्य विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै स्थिति सहज भएपनि दमकमा आउने जानकारी दिनुभयो । शिलान्यासका क्रममा उहाँले जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा चासो राख्नुभएको थियो ।