२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग



अ+ अ-

दुल्लु । नेपाल पत्रकार महासङ्घ दैलेख जिल्ला शाखाले नौमुले गाउँपालिका –३ मा अवस्थित नेरा माध्यामिक विद्यालयलाई ‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग गरेको छ । 

शाखाका अध्यक्ष यज्ञराज थापाका अध्यक्षतामा आज यहाँ बसेको बैठकले यसका लागि  गाउँपालिका र  विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।  

पत्रकार डेकेन्द्रको स्मृतिलाई थप जीवन्त बनाउन विद्यालयको नामकरण गर्न  आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो ।  पत्रकार डेकेन्द्रलाई विसं २०६१ साउन २७ गते तत्कालीन द्वारी गाउँ विकास समितिमा रहेको सो विद्यालयमा हत्या गरिएको बताइएको छ । रासस