२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीका कारण मकै बालीमा क्षति



अ+ अ-

गण्डकी । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । आज दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिनुभयो ।

आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पुर्‍याएको उहाँले बताउनुभयो । मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो ४.०० बजे पछि हावा हुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि जोगाएर खान मुस्किल भएको बताउँछन् । हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पुर्‍याएको कृषकहरूको गुनासो छ । रासस