११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

काँग्रेसको कोभिड सम्वाद श्रृंखला कार्यक्रम लुम्बिनी प्रदेश पुग्यो

काँग्रेसको कोभिड सम्वाद श्रृंखला कार्यक्रम लुम्बिनी प्रदेश पुग्यो
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा डिला संग्रौलाको विशेष अग्रसरता उहाँले नै संयोजन गरेर सञ्चालन गर्नुभएको ‘कोभिड विरुद्धको हाम्रो अभियान’ अन्तर्गतको संवाद श्रृंखला आज लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ । आज सम्पन्न यो श्रृंखला पाँचौ चरणको हो ।  

मुलुकलाई कोभिडको महामारीको दोस्रो लहरले आक्रान्त पारेपछि नेपाली नागरिकलाई त्यस बारेमा सचेत गर्ने, नागरिकलाई महामारीबाट बचाउनका लागि पहल गर्न नेपाल सरकारलाई दाबाब दिने तथा कोभिडबाट संक्रमित नेपाली जनतालाई यसबाट बच्ने उपायका बारेमा चिकित्सकहरुको समेत सहभागीतामा उपायहरु सुझाउने उद्देश्यले डा.संग्रौलाले यो अभियान शुरु गर्नुभएको हो । 

लुम्बिनी प्रदेशका लागि आज भर्चुअल विधिबाट आयोजित पाँचौ श्रृंखलामा सो प्रदेशका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु, चिकित्सक तथा सरोकारवालाहरु एवं कोभिडका संक्रमितहरु समेतसँग अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा दुई सय पचास जना भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली काङ्ग्रेसका पुर्वमन्त्री ,केन्द्रिय सदस्य एबम् प्रमुख सचेतक बालकृष्ण खांडले नेपाली जनतालाई कोभिडबाट बच्न र बचाउन नेपाली काङ्ग्रेसले गरेका विभिन्न प्रयासहरु अन्तर्गत पाँचौ श्रृंखला आयोजना भएको र यसले कोरोनाका संक्रमित तथा अरु सबै नागरिकलाई निकै लाभ पुगेको बताउनुभयो । 

उनले यस्तो महामारीका बेलामा पनि सरकार नेपाली जनताको स्वास्थ्यको ध्यान दिनुको सट्टा सत्ता केन्द्रित भएर मन्त्री उपप्रधानमन्त्री  थप्नमा मस्त  भएको भन्दै यस्तो अवस्थामा नेपाली काँग्रेसले जनतालाई सक्दो सहयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । 

यस कार्यक्रमका संयोजक एवं यस अभियानका अभियानकर्ता काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देश कोरोना महामारीले आकुल ब्याकुल भएका बेला कम्युनिष्ट सरकारको स्वार्थ  केन्द्रित हुदै महामारीका बेला संबिधान मिचेर चुनावको घोषणा गरेर जनतालाई थप कष्ट दिएको बताउदै यो दुःखद् अवस्थामा नेपाली काँग्रेसले आफू जनतासँगै रहेको आभास दिलाउनका लागि अहिलेको परिस्थितिमा भर्चुअल माध्यमबाट पनि यो कार्याक्रमलाई निरन्तरता दिएको धारणा राख्नुभयो ।  

यस अभियानबाट संक्रमितलाई उर्जा, देशका नीति निर्माताका साथै सबै सर्वसाधारणलाई नै महामारीबाट बाच्न थोरै मात्र भए पनि सहयोग पुग्ने आशाका साथ आफूले सो अभियानको शुरुवात गरेको जानकारी उहाँले दिनुभयो ।   

यस पाँचौ  श्रृंखलाका वक्ताहरुमा चिकित्सकहरु पनि थिए र उनीहरुले होम आइसोलेसनमा बस्दा तनावको व्यवस्थापनका साथै कोभिडबाट कसरी जोगिने भन्ने विषयमा विज्ञ चिकित्सकहरुले आफ्ना धारणा र सुझावहरु प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेद सर्जन मदन भण्डारीले कोरोना भाइरसको परिचय दिँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सका पद्दतिबाट कसरी ठीक पार्ने भन्ने बारेमा सुझावहरु प्रस्तुत गरेका थिए । 

त्यसैगरी कोभिडका बारेमा योग तथा पुनस्थापना विशेषज्ञ डा विनोद घिमिरे, बालरोग विशेषज्ञ प्रा डा.आरपी विच्छाले बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने  विचार तथा कोरोनाबाट बच्ने उपायहरुका बारेमा सुझावहरु प्रस्तुत गर्नुभएको थियो । 

यसअघि यो कार्यक्रम प्रदेश नं १ ,२, बागमती र गण्डकीमा सम्पन्न गरिसकिएको छ । ती प्रदेशमा सञ्चालन गरिएका कार्यक्रमहरुबाट धेरै मानिस लाभान्वित भएका र यसबाट धेरैमा यस महामारीका विषयमा जानकारी प्राप्त भएकाले यसलाई  बाँकी रहेका  सबै प्रदेशहरुमा सञ्चालन गरिने भएको हो ।  

यो कोभिड सम्वाद श्रृंखला कार्यक्रम आगामी दिनमा देशका सबै प्रदेशमा आयोजना गरिने जानकारी संयोजक एवं यस कार्यक्रमका अभियानकर्ता डा संग्रौलाले जानकारी दिनुभएको छ ।