२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल छनोटः जोर्डनसँग नेपाल ३-० ले पराजित



अ+ अ-

काठमाडौं । जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित भएको छ । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत कुवेत सिटीमा सोमबार राती भएको खेलमा नेपाल ३–० को फराकिलो गोल अन्तरले जोर्डनसंग पराजित भएको हो । जोर्डनले जितको लागि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको थियो ।

जोर्डनका लागि बाहा फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गरि दुई गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । 

समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।