२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः १४ मध्ये १० पटक टिमलाई फाइनल पुर्याएका अनुभवी कप्तान धोनी



अ+ अ-

एजेन्सी । झण्डै दुई महिना चलेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

चेन्नई सुपर किंग्सका लागि सबैभन्दा ठूलो एक्स–फ्याक्टर कप्तान महेन्द्र सिंह धोनी आफै हुन् । उनीसँग जति अनुभव छ, दुवै टोलीका कुनै खेलाडीसँग त्यति अनुभव छैन । धोनी २००८ देखि आईपीएल खेल्दै आएका छन् र आफ्नो टोलीलाई १४ मध्ये १० सिजनको फाइनलमा पुर्‍याएका छन् । चेन्नईलाई सन् २०१६ र २०१७ मा प्रतिबन्ध लगाइएको थियो । धोनीसँग १० वटा आईपीएल फाइनल खेलेको अनुभव छ । आफ्ना खेलाडीहरूलाई कसरी प्रदर्शन गर्ने भन्नेमा उनी माहिर छन् । यी १० फाइनलमध्ये चेन्नईको टोली चार पटक च्याम्पियन बनेको छ ।

धोनीको टोली यसअघि पछिल्लो पाँच सिजन (२०१८ देखि २०२२ सम्म) तीन पटक फाइनलमा पुगेको छ र दुई पटक च्याम्पियन बनेको छ । २०१८ र २०२१ मा चेन्नईले धोनीको नेतृत्वमा उपाधि कब्जा गर्यो । जारी सिजनमै चेन्नईले क्वालिफायर–१ मा गुजरातलाई हराएको थियो । यस्तो अवस्थामा टोली र खेलाडीको मनोबल उच्च हुनु स्वभाविक हो  । चेन्नई फेरि एकपटक गुजरातलाई उसको घरेलु मैदानमा र हजारौं दर्शकको अगाडि विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा हराएर पाँचौं पटक च्याम्पियन बन्न चाहन्छ ।

आईपीएलमा प्लेअफ ढाँचा २०११ मा पेश गरिएको थियो । यसअघि शीर्ष चार टोलीबीच सेमिफाइनल खेलहरू भएका थिए । प्लेअफ ढाँचापछि, चेन्नई टोलीले तीन पटक उपाधि जित्यो । संयोगवश, उ हरेक पटक अंक तालिकामा दोस्रो स्थानमा रह्यो । यस्तो अवस्थामा यसपटक पनि चेन्नईले यो अनौठो कीर्तिमान कायम राख्न चाहन्छ भन्ने आशा फ्यानहरुले गरेका छन् ।

चेन्नई टोली क्वालिफायर–१ जितेर फाइनलमा पुग्दा एउटा मात्र फाइनलमा हार बेहोरेको छ । सन् २०१३ मा चेन्नई र मुम्बईबीच क्वालिफायर–१ खेलिएको थियो, जसमा चेन्नईले जितेको थियो । तर फाइनलमा मुम्बईले चेन्नईलाई हराएर उपाधि कब्जा गर्यो । यसबाहेक चेन्नई २०११, २०१८ र २०२१ मा क्वालिफायर–१ जितेर फाइनलमा पुगेको थियो र च्याम्पियन बनेको थियो । यसपटक पनि चेन्नईको टोलीले पाँचौं पटक उपाधि जित्नेमा फ्यानहरू आशावादी छन् ।