२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

टिपरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ ।
रासस