२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखाले दुई अस्पतालबाट कोरोना खोप उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरेसँगै टोखाले पनि दुई अस्पतालबाट खोप उपलब्ध गराउन लागेको हो । 

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले आजदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप उपलब्ध गराउन लागेको राससलाई जानकारी दिनुभयो ।

टोखाले कोरोना खोपका लागि अनलाइन फारम भरेका नागरिकलाई मोबाइलबाट म्यासेज पठाउने र खोपका लागि उपस्थित हुनका लागि सूचना दिने तथा फारम नभरेका नागरिकलाई नागरिकतासहित दिउँसो २ बजे नजिकको खोप केन्द्रमा उपस्थित हुन आग्रहसमेत गरेको छ । 

टोखाले ६० वर्ष उमेर समूहलाई जेठ २५, ६१ वर्ष उमेर समूहलाई जेठ २६, ६२ वर्ष उमेर समूहलाई जेठ २७, ६३ वर्ष उमेर समूहलाई जेठ २८ र ६४ वर्ष उमेर समूहलाई जेठ २९ गते खोप उपलब्ध गराउने जनाएको छ । विसं २०१३ असार १ देखि २०१८ असार मसान्तभित्र जन्मिएका जो कोहीलाई खोप उपलब्ध गराउने उपप्रमुख डङ्गोलले बताउनुभयो । रासस