३१ भाद्र २०८३, बुधबार
,
Latest
एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग मनास्लु आरोहण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उहाँलाई आइतबार अचानक मुटुमा समस्या आएपछि गंगालाल अस्पताल भर्ना हुनुभएको हो। 

उहाँको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभएको छ। गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो।

श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिनुभयो। उहाँ केही दिनअघि कोरोना संक्रमणमुक्त हुनुभएको थियो ।