२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु
अ अ+ अ-

साओ पाओलो । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७४ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ३७ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिइएको छ । 

यो संख्या सँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या यहाँका १ करोड ६९ लाख भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख सङ्क्रमितहरुमा २२५ जनाको ज्यान जाने गरेको छ । 

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ । ब्राजिल संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा पर्दछ । (रासस/सिन्ह्वा)