२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि देशैभरी ६०-६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई खोप लगाइँदै (फोटो फिचर)



अ+ अ-

काठमाडौं । सरकारले आजदेखि (मंगलबार) देशैभरी खोप अभियान सञ्चालन गर्दैछ । ६० वर्षदेखि ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

केही दिन अघि मित्रराष्ट्र चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले ६० देखि ६५ वर्षको उमेर समुहलाई लगाउने खोप देशैभरीका खोप केन्द्रमा पुगिसकेको बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समुहका करिब ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको सह–प्रवक्ताले जानकारी दिनुभयो ।

८ लाख मध्य ३ लाखले विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा ५ लाख जना जेष्ठ नागरिकले खोप लगाउने स्पष्ट पार्नुभयो । 

सहप्रवक्ता अधिकारीले खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानुपर्ने बताउनुभयो । यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने बताउनुभयो ।