२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

महात्मा गान्धीकी पनातिनीलाई ७ वर्षको जेल सजाय !



अ+ अ-

काठमाडौं । महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई  दक्षिण अफ्रिकाको एक अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । 

रामगोबिनलाई अदालतले ६० लाख रेन्ड जालसाजी गरेको अभियोगमा यो सजाय सुनाएको हो । रेन्ड दक्षिण अफ्रिकाको मुद्रा हो र नेपाली रुपैयाँमा यसको मूल्य करिब ५ करोड १५ लाख रुपैयाँ हुन जान्छ । 

सोमबार दर्बनको एक अदालतले ५६ वर्षकी रामगोबिनलाई यो सजाय सुनाएको हो ।

उनीमाथि उद्योगपति एसआर महाराजलाई जालसाजी गरेर पैसा ठगेको आरोप थियो । आशिष लता नाम चलेकी मानवअधिकारकर्मी इला गान्धी र दिवंगत मेवा रामगोविन्दकी छोरी हुन् ।

महात्मा गान्धीका कैयौं अन्य वंशजहरु मानव अधिकार कार्यकर्ता छन् । उनीहरुमध्ये आशिष लताका काकापट्टिका दाजुभाइ किर्ति मेनन, स्वर्गीय सतीष धुपेलिया र उमा धुपेलिया मिस्त्री लगायत छन् । आशिष लताकी आमा इला गान्धीलाई पनि विशेष रुपले उनका प्रयासको लागि अन्तराष्ट्रिय स्तरमा पहिचान प्राप्त भएको थियो । 

। इला गान्धी महात्मा गान्धीका ४ छोरामध्ये माइला छोरा मणिलाल गान्धीकी छोरी हुन् ।

भारत र दक्षिण अफ्रिकामा  उनलाई राष्ट्रिय सम्मानले पुरस्कृत गरिएको थियो ।