२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ ।

कारखानाबाट सोमबार अपरान्ह् धुवाँको मुस्लो निस्किएपछि स्थानीयको सहयोगमा अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर निकालेका थिए । आगलागीको कारण स्पष्ट हुनसकेको छैन । 

पुनेको औद्योगिक क्षेत्रमा रहेको  ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । उहाँले घाइतेलाई केही राहत उपलब्ध गराइने पनि बताउनुभएको छ । 

महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।