• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

रेशम चौधरीलाई छाड्ने सरकारको तयारीमा चित्रबहादुर केसीको आपत्ति



फाईल फोटो

काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन बढाएको प्रक्रियाप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको भन्दै सरकारको कदमप्रति आपत्ति प्रकट गर्नुभएको हो ।

“त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो”, उहाँले भन्नुभएको छ ।

उहाँले टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्नुभएको छ ।

थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

त्यसको प्रमुख योजनाकारको रूपमा चौधरीलाई अदालतले तोकेको जन्मकैदको सजाय सुनाएको थियो। तर, सरकारले गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेपछि जनमोर्चाले विरोध गरेको हो ।

जनमोर्चाले वर्तमान सरकारलाई समर्थन गरेको छ ।