१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा आज यहाँ नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माणलगायत विषयमा आवाज उठाउँदै पार्टीलाई थप सुदृढ बनाउन लाग्ने बताएका हुन् ।

भेलामा नेतृ अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले महाधिवेशनमा आएको मतपरिणामका कारण विचलित नहुने, पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास, पुनर्गठनलगायत मुद्दालाई विधानभित्र रहेर निरन्तर उठाउने बताउनुभयो ।

भेलाले महाधिवेशनबारे विभिन्न कोणबाट छलफल भएको र देशव्यापी समीक्षा गर्ने निर्णयसमेत गरेको उपसहासचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भेलामा महाधिवेशनको घोषणा भएसँगै भएका गतिनिधिबारे समीक्षा भएको छ, प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका क्रियाकलापबारे छलफल भएको छ ।

कतिपय सन्दर्भमा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको विषय पनि उठेका छन् । यी सबै विषयमा नेताहरूले विभिन्न कोणबाट कुरा राख्नुभएको छ ।”रासस