• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने  ★   कोशी प्रदेशसभाको विशेष अधिवेशन ★   उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता ★   भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना

चेल्सीविरुद्ध युनाइटेडको सानदार जित, च्याम्पियन्स लिग खेल्ने पक्का



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन कासेमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस रोसफोर्डले एक–एक गोल गरे । चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

यस्तै, ७३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दा युनाइटेड ३–० ले अघि बढ्यो । ७८ औं मिनेटमा रासफोर्डले गोल थप्दा युनाइटेड ४–० को अवस्थामा रह्यो । यता, ८९ औं मिनेटमा चेल्सीका लागि फेलिक्सले सान्त्वना गोल गरे ।

जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३७ खेलबाट ७२ अंक छ । साथै यो नतिजासँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने भएको छ । चेल्सी भने ३७ खेलबाटै ४३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।