काठमाडौं। आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ।
क्यानले विश्वकप लक्षित ‘क्याम्प’ (बन्द प्रशिक्षण) का लागि २४ जना खेलाडीलाई बोलाएको हो।
क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी लगायतका अनुभवी खेलाडीहरू यथावत् छन्।
एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् ।
खेलाडीको नाम
रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह










