२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ५१५३ जनामा संक्रमण, ६५७० निको



अ+ अ-

काठमाडौं । नेपालमा थप  ५१५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भएका छन् । मंगलबार कोरोना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ को पिसिआर र ५ हजार ६११ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । 

योसँगै देशभर पिसिआर परीक्षणमा ५ लाख ६५ हजार ३६४ र एन्टिजेन परीक्षणबाट १५ हजार ९४४ संक्रमित भएका छन् ।

 त्यसमध्ये ५ लाख ४ हजार ५३० संक्रमित निको भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ रहेको छ ।