• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान

एमालेलद्वारा ढोरपाटनका मेयर प्रदेश कमिटीबाट निलम्बित



काठमाडौं । नेकपा (एमाले) ले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पार्टी प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको छ । वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीलाई एमालेले निलम्बन गरेको हो ।

एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख बताएका छन् । एमालेले छानबिनमा सहयोग पुर्‍याउन पनि नेपालीलाई आग्रह गरेको छ ।

“यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुर्‍याउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

नेपालीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् । गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।