२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राख्ने महिला



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड राखेकी छन् ।

पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् । 

उनले जन्म दिएका नवजात शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि एक महिना अगाडि मोरक्कोकी एक महिलाले एकै पटक नौ बच्चा जन्माएर रेकर्ड बनाएकी थिइन् । हाल उक्त रेकर्ड सिथोलले तोडेकी छन् । 

समाचार लिंकः यी हुन् एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राख्ने महिला