२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

कोभिड नेपालः कालो ढुसीबाट सङ्क्रमित भई शल्यक्रिया गराएका एक नेपालीको पीडादायी अनुभव

कोभिड नेपालः कालो ढुसीबाट सङ्क्रमित भई शल्यक्रिया गराएका एक नेपालीको पीडादायी अनुभव
अ अ+ अ-

काठमाडौं । बाँकेका गौरीलाल डाँगीका अनुसार गत महिना उनलाई हल्का खोकी लाग्यो। औषधि खाएर खोकी त निको भयो तर पछि उनलाई ज्वरो आयो। “त्यसको दुई(तीन दिनपछि त हिँड्नै नसक्नेगरी ज्वरो बढ्यो,” उनले भने। कोभिड-१९ को शङ्का लागेर परिवारले उनको पीसीआर परीक्षण गरायो। नतिजा पोजिटिभ आयो।

पोजिटिभ नतिजा सधैँ सकारात्मक कहाँ हुन्छ र ? रोगव्याधिको हकमा झन् पोजिटिभ नतिजा सुखद हुने कुरै भएन। ५१ वर्षीय गौरीलाल डाँगीको दुःखको अन्त्य पीसीआर परीक्षण नतिजासँगै सकिएन, बरु नयाँ पीडा त्यहीँबाट आरम्भ भयो। उनलाई आफ्नै गाउँपालिकाको संस्थागत आइसोलेशनमा राखियो। तर एक(दुई दिनपछि उनको देब्रे आँखा सुन्निन थाल्यो।

छोरा केशव डाँगीका अनुसार ‘अस्पताल लग्नुपर्छ’ भन्ने स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उनको बुवालाई नेपालगन्ज लगियो। त्यहाँ आँखाको आवश्यक परीक्षण गरेपछि चिकित्सकहरूले उनलाई काठमाण्डूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रिफर गरे।

“डाक्टर साहबहरूले बुवाको गर्दनको नसाबाट ृढुसीको सङ्क्रमणे सुरु हुन लागेको छ भन्नुभयो, नेपालगन्जमा यसको अपरेशन हुँदैन भन्नुभयो,” छोरा केशव डाँगीले टेलिफोनमा बीबीसी नेपालीसँग भने।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आवश्यक परीक्षणपछि डा। रवीन्द्रभक्त प्रधानाङ्ग सम्मिलित चिकित्सकहरूको टोलीले करिब दुई साताअघि गौरीलाल डाँगीको आँखाको शल्यक्रिया गर्‍यो। “धन्न उहाँ समयमै आउनुभएको रहेछ। शल्यक्रिया गरेर हामीले आँखाबाट फङ्गस हटायौँ,” डा। प्रधानाङ्गले बीबीसीसित भने।

औषधि नपाउँदाको पीडा
डा. प्रधानाङ्गका अनुसार सङ्क्रमण थप फैलिन नदिन कहिलेकाहीँ म्यूकोर्माइसकोसिसबाट पीडित बिरामीको आँखा नै फाल्नुपर्ने अवस्था हुन्छ। शल्यक्रिया गराएर काठमाण्डूबाट गत साता फर्केका गौरीलाल डाँगी अहिले बाँकेस्थित आफ्नै घरमा आराम गरिरहेका छन्।

उनका छोरा केशवका अनुसार रकम अभाव र काठमाण्डूमा कोही आफन्त नभएर पनि उनीहरू चाँडै घर फर्किनुपर्‍यो। “घर त आयौँ, तर यता औषधि नै पाइएको छैन। आँखा अझै अलिअलि सुन्निए जस्तो छ,” मसिनो स्वरमा डाँगीले भने। सीमावर्ती भारतीय बजार चहार्दा पनि आफ्ना बुवाका लागि औषधि नपाएको दुखेसो केशवले सुनाए।

“एक भाएलको नेपाली १० हजार रुपैयाँ पर्ने रहेछ। अहिले पनि पाइएको छैन। बुवालाई प्रतिदिन आठ भाएल दिनुपर्ने रहेछ। तर नपाएर केही दिनदेखि दिनै पाएका छैनौँ,” हिजोआज परिवारले झेलिरहेको समस्याबारे उनले भने।

“काठमाण्डूबाट पनि डाक्टर साहबहरूले फोन गरेर जसरी पनि औषधि दिनुहोला नभए बुवालाई पछि गाह्रो हुन्छ भन्नुहुन्छ। यहाँ भने औषधि नै पाएको छैन।” चिकित्सकहरूका अनुसार म्यूकोर्माइकोसिसका बिरामीलाई मुख्यतया कालाजारको उपचारमा प्रयोग हुँदै आएको ‘एम्फोटेरिसिन बी’ दिने गरिएको छ।

‘एम्फोटेरिसिन बी’ को अभाव किन ?
स्थानीय बजारमा अभाव देखिएपछि नेपाल सरकारले हालै विश्व स्वास्थ्य सङ्गठन उक्त औषधि मागेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मङ्गलवार बताएअनुसार डब्ल्यूएचओबाट पहिलो खेपमा १,००० भाएल एम्फोटेरिसिन बी प्राप्त भएको छ।

पछिल्लो समय भारतले एम्फोटेरिसिन बीको निर्यातमा रोक लगाइदिएपछि नेपालमा समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले गत साता बीबीसी नेपालीसँग भनेका थिए।

नेपालमा ढुसी सङ्क्रमणको अवस्था के छ ?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा अहिलेसम्म कालो ढुसी सङ्क्रमणका करिब एक दर्जन घटना पुष्टि भएका छन्। त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म रिफर भएर आएका बिरामीहरू काठमाण्डू बाहिरका भएको डा।प्रधानाङ्गले बताए। नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

मधुमेह भएका, दम रोगी, मिर्गौलासम्बन्धी रोगी र स्टेरोइडको प्रयोग गरेका बिरामीमा म्यूकोर्माइकोसिसको समस्या देखिने गरेको काठमाण्डूको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीमा कार्यरत कोर्निआ विशेषज्ञ डा। रीता गुरुङ बताउँछिन्।

रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका अनुसार अवसरवादी भनेर चिनिने ‘ब्ल्याङ्क फङ्गस’को सिकार जलेका बिरामी र क्यान्सर रोगी पनि हुने गर्छन्। स्टेरोइडले शरीरमा रोगप्रतिरोधी क्षमता कमजोर बनाउने भएकोले र त्यस्तै अवस्थामा ‘ब्ल्याक फङ्गस’ले आक्रमण गर्ने हुँदा त्यसको प्रयोगप्रति चनाखो हुनुपर्ने चिकित्सकहरूको सुझाव छ। (बीबीसी नेपाली)