२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम यस्तो छ



अ+ अ-

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसको कारणले गर्दा अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेश का पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज काठमाडौं उपत्यकामा मध्याह्न र अपराह्न छिटफुट वर्षााको सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा/हुरीको सम्भावना रहेको छ। राति कोशी प्रदेश र गण्डकी प्रदेशका केहि पहाडी भू-भागमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।।

महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन अनुरोध गरेको छ।

 




भर्खरै