२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

संकट समाधानका लागि संविधानको समिक्षा जरुरी : प्रभु शाह

संकट समाधानका लागि संविधानको समिक्षा जरुरी : प्रभु शाह
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता प्रभु शाहले देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुर्नःलेखनको जरूरी रहेको बताएका छन् । 

पूर्वमन्त्रीसमेत रहेका नेता शाहले सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै संवैधानिक प्रावधानहरु बारेको फरक बुझाईले गर्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फंस्दै गएको टीप्पणी गरेका हुन् । यस्तै उनले वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुङ्गमा धकेल्नु रहेको पनि टीप्पणी गरेका छन् ।

उनले लेखेका छन्, 
संवैधानिक प्रावधानहरु बारेको फरक बुझाईले गर्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फंस्दै गएको सन्दर्भमा गलत प्रवधानहरुलाई सुधार गर्न गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुङ्गमा थकेल्नु हो ।
संविधान निर्माणको तक्माधारीहरुले विगतमा गरेका आफ़नो गल्तीप्रति आत्मिलोचित हुदैं देशमा बेथिती, आरजकता, अस्थीरता, अस्तव्यस्तता एवं फोहरी संसदीय खेलको राईता फैलाउने मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष आवश्यक संसोधनरपरिमार्जन गर्नुको सट्टा कुनैपनि वहानामा अहिलेको यस व्यवस्थासंग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको 'बबुर रोपेर आँपको अपेक्षा गर्नु' बराबरको मुर्खता हो । तसर्थ, देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुर्नःलेखनको जरूरी छ । यसमा सम्बन्धित सबै पक्षको समयमैं ध्यान पुगोस् ।