३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सुदूरपश्चिम संसदीय दलद्वारा ओली पक्षका ७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग



अ+ अ-

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेश सांसदसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा  जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका हुन् । 

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीसँग स्पष्टीकरण माग गरिएको छ । 

बुधबार ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा उल्लेख छ।